काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबारका सबै कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने भएका छन्।
प्रधानमन्त्रीबाट पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाका नवनिर्मित भवन उद्घाटन भर्चुअल माध्यमबाट सम्पन्न गरिसकेका छन्।
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाट गरिनेछ।
सिद्धबाबा सुरुङमार्गको १,१२६ मिटर लामो मुख्य सुरुङको बाँकी १.५ मिटर खन्ने कार्य आज सकिनेछ। बाइपास सुरुङहरू यसअघि नै पूरा भएका थिए।
