• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतम भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउने १२ जनामध्ये ७ जना नेपाली नागरिक भएको खुलेको छ । माघ ९ गते भएको उक्त रेल दुर्घटनामा परेर ज्यान गुमाएका ७ जना नेपाली भएको र उनीहरुको सनाखत भएको पपराष्ट्र मन्त्रालयले जनाएको छ ।

मृतकहरूमा अछामका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा परेर कैलालीकी कमला नवीन भण्डारी, कैलालीकै लछिराम पासी तथा अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा जोक्ला उर्फ कला कामी तथा बाँकेका राधेश्याम राध रहेका छन् ।

मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको हो। यो रेल दुर्घटना बुधबार साँझ भएको हो।

१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा दुर्घटना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖