• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यसरी फर्निचर उद्योगमा आगलागी हुँदा एकको मृत्यु, एकजना घाइते


  • धनकुटा खबर
  • .

काभ्रे । काभ्रेको धुलिखेलमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

शुक्रबार राती ९ बजेको समयमा धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दाहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी भएको हो ।

सो आगलागीमा ७० वर्षीया टीका देवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान तोयानाथ दंगाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूले उक्त फर्निचरको रेखदेखको काम गर्दै आएका थिए ।

गएराति पाएको सूचनाको आधारमा आगलागी नियन्त्रणका लागि श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली ससस्त्र प्रहरीसमेत खटिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖