• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खोला छेउमा ३ जना युवा मिलेर खोले २ करोडको यस्तो व्यवसाय, महिनाको कमाइ सुन्दा सबै चकित


  • धनकुटा खबर
  • .

गुल्मी । गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् ।

रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् । रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । कुँवर सिभिल इन्जिनियर र पन्थी मेकानिकल इन्जिनियर हुन् ।

रेसुङ्गा काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताए ।

प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖