• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बुवाआमा उपचारमा जाँदा विवाह गर्न भागे, टहरामा भेटियो दुवैको शब


  • धनकुटा खबर
  • .

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्।

वडाध्यक्ष नन्नराम बाँठाका अनुसार, भागिराम खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर लोकेन्द्रको घरमै मृत भेटिएका हुन्। दुबै १९ वर्षका थिए।

चार दिनअघि विवाहका लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए। शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत फेला परेका हुन्। लोकेन्द्रको आमा बिरामी भएपछि उपचारका लागि बुवासँग नेपालगञ्ज गएका बेला यो घटना भएको हो, जसमा उनको एक मात्र छोरा लोकेन्द्र र एक बहिनी छन्। काठमाडौँमा अध्ययनरत छोरीसँग बुवाआमा फर्कदा यो घटना सार्वजनिक भयो।

प्रहरीले बुवाआमा आएपछि मात्रै कानुनी प्रक्रिया सुरु गर्ने बताएको छ। स्थानीयका अनुसार, लोकेन्द्र झुन्डिएको अवस्थामा भेटिए भने सपनाको शव भुइँमा थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖