• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हाइसभित्र बेहोस भएका यात्रुको उपचारको क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

गुल्मी । हाइसभित्रै बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर– ५ निवासी ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको हो ।

परियार बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु. १ज २५१ नम्बरको हाइसमा सवार उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ७ चोरकाटे भन्ने पुग्दा एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) राजन भुजेलले जानकारी दिए ।

प्रहरीले हाइस चालक र सहचालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖