• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुप्चेस्वर महादेव मन्दिरमा एकै दिन १ लाख ५० हजार २२५ भेटी संकलन


  • धनकुटा खबर
  • .

नुवाकोटको दुप्चेस्वर महादेव मन्दिरमा शनिबार (माघ १२) एकै दिन १ लाख ५० हजार २२५ रुपैयाँ भेटी संकलन भएको छ। मध्यान्न आरतीको भेटी मात्र ५७,८६० रुपैयाँ रहेको मन्दिर कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

श्री दुप्चेस्वर महादेव मन्दिरमा भक्तजनहरूले चढाएको भेटी संकलन गर्दै यसको नियमित गणना हुने प्रचलन छ। कोषाध्यक्ष श्रेष्ठका अनुसार प्रत्येक दिन साँझ ४ बजे भेटी गणना गरिने स्थानमा भक्तजनहरूले समेत सहभागिता जनाउन सक्नेछन्।

दुप्चेस्वर गाउँपालिकाले संरक्षण गर्दै आएको यस मन्दिरमा भक्तजनहरूको उल्लेखनीय सहभागिताका कारण भेटी रकम वृद्धि हुँदै गएको देखिएको छ। मन्दिरमा संकलित भेटीलाई क्षेत्र विकासका विविध योजनाहरूमा लगानी गरिने कोषले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖