• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

डोटी : डोटीमा एक पुरुषको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ । सायल गाउँपालिका – ५ दैनाका ४० वर्षीय बहादुर खड्का आइतबार बिहान घाटी रेटिएको अवस्थामा मृत फेला परेका हुन ।

शनिवार छोरीको उपचार गर्न जिल्ला अस्पताल डोटी आएका उनी साँझ आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्काको कोठामा बसेका थिए ।

राती सोही कोठामा मादक पदार्थ सेवन गरेका उनले आफैले घाटी रेटेर आत्महत्या गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖