• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मदन राई बाल यौन दुरूपयोगमा अदालतबाट दोषी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं । आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए।

दोषी राई कृषि विज्ञका रूपमा पनि परिचित छन्। यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ।

२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖