• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भाटभटेनी नजिकै आगलागी


  • धनकुटा खबर
  • .

धनगढी: धनगढीको भाटभटेनी नजिकै आगलागी भएको छ। राजपुर क्षेत्रमा रहेको बिजुलीको पोलमा आगो लागेपछि स्थानीयहरू त्रसित भएका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिजुलीको तारमा शॉर्ट सर्किट भएपछि आगो लागेको आशंका गरिएको छ। आगो नियन्त्रणका लागि दमकल र नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरू घटनास्थलमा खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले आगो अहिले नियन्त्रणको प्रयास भइरहेको जनाएको छ। घटनाबाट अहिलेसम्म कुनै ठूलो क्षति नभएको जनाइएको छ।

आगलागीको कारण र पूर्ण विवरणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖