• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अब किसानले बाँदर र बँदेल मार्न पाउने


  • धनकुटा खबर
  • .

काठमाडौ । किसानले खेतबारीमा अन्न बाली खाने, नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन्। वन तथा वातारण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को अनुसूची संशोधन गर्दै बालीनाली खाने रातो बाँदर र बँदेललाई मार्न पाउने व्यवस्था गरेको हो।

माघ १० गते राजपत्रमा प्रकाशित सूचना अनुसार अहिलेका लागि एक वर्षसम्म मात्रै मार्न पाउने गरी बाटो खोलिएको छ। यसअघि नियमावलीअनुसार ती जंगली जनावरलाई मार्न नपाउने कानुनी व्यवस्था थियो। देशैभर किसानहरू बँदल र बाँदरको आतंकमा परेको गुनासो आएपछि सरकारले नियमावली संशोधन गरेर किसानले एक्लै वा सामूहिक रुपमा पक्रउ वा मार्न पाउने गरी कानुनी बाटो खोलेको हो।

पक्रिएका बँदेल, बाँदरलाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालयको मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र त्यसको सूचना सम्बन्धित वडा कार्यालयमा दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ।

त्यस्तै पक्रने क्रममा मरेको अवस्थामा स्थानीय तहका एकजना जनप्रतिनिधिसहित अरु पाँच जनाको रोहबरमा मुचुल्का तयारी गरी गैर व्यवसायिक रुपमा खपत गर्न पाइनेछ। खपत गर्दा तौलका आधारमा राजश्वसमेत बुझाउनु पर्ने संशोधित नियमावलीमा व्यवस्था गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖