• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् ।

नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित अस्पताल भित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् । रावल सोही नगरपालिकाको वडा नम्बर ८ का निवासी रहेको प्रहरीको भनाई छ ।

यता तेह्रथुमको छथर गाउँपालिका–४ परेवाखोपमा पनि एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७१ वर्षीय लोकमान लिम्बु सोही ठाउँस्थित परेवाखोपको पहरे खानेपानीको ट्याङ्कीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖