• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आशिका तामाङलाई रिहाइ गर्न हितबहादुर तामाङको माग


  • धनकुटा खबर
  • .

नुवाकोट । Green and Clean Foundation का अध्यक्ष आशिका तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ। कानुनी कारबाहीको प्रक्रिया चलिरहेको छ ।

सरसफाइ अभियानदेखि कोभिड-१९ महामारीका बेला राहत वितरण गर्दै सामाजिक क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी तामाङले पछिल्ला दिनहरूमा महंगी, सामाजिक बेथिति, र अनियमितताको विरुद्ध आवाज उठाउँदै आएकी थिइन्।

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद हितबहादुर तामाङले तामाङको रिहाइको माग गर्दै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “उहाँको प्रस्तुति शैली नमिलेको हुन सक्छ, तर उहाँले उठाएको मुद्धा यथार्थमा आधारित छ। त्यसैले उहाँलाई रिहा गरी सामाजिक बेथिति सुधार्नेतर्फ ध्यान दिनुपर्छ।”

सांसद तामाङले आशिका तामाङले गल्ती गरेको भए पनि आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धताको शर्तमा छिटोभन्दा छिटो रिहाइ गरिनुपर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖