• Monday 2nd of November 2026

‘नो केबलकार समूह’का अगुवा प्रदीप मादेन पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले ‘नो केबलकार समूह’का अगुवा प्रदीप मादेनलाई पक्राउ गरेको छ ।

पाथीभरामा भएको झडपको विषयलाई लिएर प्रहरीले मादेनलाई फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो ।

उनीमाथि गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र सोहीदिन हुलहुज्जतको नेतृत्व गरेको आरोप छ ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖