• Monday 2nd of November 2026

ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय।’

उनले अगाडि लेखेकी छन्, ‘मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धाधन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आज पनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रबि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू। मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्।’

यसअघि गत आइतबार उनले एक स्टासमा ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ लेखेकी थिइन्।

पछि त्यसलाई सच्याएर ‘एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ बनाएकी थिइन्।

यसपछि उनको आलोचना भइरहेको छ। यसपछि उनले आज पुन: अर्को स्टाटस लेखेकी हुन्। जहाँ उनले आफूलाई रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖