• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो


  • धनकुटा खबर
  • .

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ९० जनामध्ये ३० जनाको ज्यान गएको हो ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको हो । उत्तर प्रदेश सरकारले भागदौडमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो।

महाकुम्भ मेला क्षेत्रका डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरेर मृत्यु हुनेको संख्या ३० पुगेको बताएका छन् ।

उनका अनुसार भागदौडका क्रममा घाइतेमध्ये ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३० जनाको ज्यान गएको निश्चित भएको छ । अहिलेसम्म यीमध्ये २५ जनाको सनाखत भइसकेको छ।

जसमध्ये कर्नाटकका चार, गुजरातका एक श्रद्धालुको मृत्यु भएको पुष्टि भइसकेको छ। ६० जना घाइतेको उपचार भइरहेको छ। गंगा नदीमा लगाइएको बार भाँच्चिएपछि भागदौड भएको थियो ।

पुलिसका अनुसार अहिले अवस्था सामान्य छ । भीड व्यवस्थित गर्ने हरसम्भव कोशिश भएको छ। सर्वसाधारणलाई स्नानका लागि कयौँ घाटको व्यवस्था गरिएको छ ।

अहिलेसम्म ५.७१ करोडभन्दा धेरै मानिसले त्रिवेणीमा डुबुल्की लगाइसकेका छन् । उत्तर प्रदेश सूचना विभागका अनुसार अहिलेसम्म ५.७१ करोडले त्रिवेणीमा मात्रै डुबुल्की लगाइसकेका छन् । २८ जनवरीसम्म जम्मा १९ करोड ९४ लाख मानिसले डुबुल्की मारिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖