• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा दुर्घटना भएको हो ।

सुमो बिहीबार बिहान करिब साढे ६ बजेतिर समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो ।

राति नै दुर्घटना भएको हुन सक्ने भएपनि स्थानीयहरुले बिहानमात्रै देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् । बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖