पाल्पा । पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
