• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

फुपू भदै हत्या प्रकरणले लियो झनै नयाँ मोड


  • धनकुटा खबर
  • .

काठमाडौँ – ढकारी गाउँपालिका ८ मा फुपूभदैनी मृत्यु प्रकरणमा प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले हत्या भएको ठहर गरेको हो।

१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो। बाख्रा चराउन गएका बेला यही माघ १२ गते ढकारी १ को छिन्नेओडारको जंगलमा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले ढुंगा प्रहारबाट मृत्यु भएको निष्कर्षमा पुगेको हो।

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। मृतकका आफन्तले घटनामा संलग्न भन्दै प्रहरीले पक्राउ गरेको १५ र १७ वर्षीया किशोरले घटनामा संलग्नता रहेको स्वीकार गरेका छन्।

पक्राउ परेका दुवै किशोर ढकारी गाउँपालिका ३ का रहेका छन्। उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। प्रहरीका अनुसार आरोपीहरुले मायाको चिनो स्वरूप चुन्नी मागेका थिए। चिनो स्वरूप मृतक ईसराले चुन्नी दिइन् तर सरस्वतीले चुन्नी दिइनन्। सोही क्रममा बाख्रा फर्काउन गएका बेला सरस्वतीलाई यौन प्रस्ताव राखेको र सरस्वतीले बिहे गर्ने शर्तमा मात्र भनेपछि विवाद सिर्जना भई आरोपीले ढुंगा प्रहर गरी हत्या गरेको खुल्न आएको छ।

इसराले उक्त घटनाबारे घरमा भन्दिने भनेपछि ढुंगाले उनको निधारमा प्रहार गरी हत्या गरेको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖