• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् स्क्यार्पियो दुर्घटनामा परी मृत्यु हुने ५ नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौँ – महाकुम्भ मेलामा सहभागी भएर फर्किने क्रममा सवारी दुर्घटना हुँदा ५ जना नेपालीको ज्यान गएको छ । भारतको बिहार राज्यको सहर मुज्फरपुरमा भएको स्क्यार्पियो दुर्घटनामा ५ जना नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा र इन्दु देवी रहेका छन् । अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन भने दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् ।

बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ छ । प्रहरीले तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।

धनुषासँगको सीमा नजिकै पर्ने स्थानमा भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो । दुर्घटना शनिबार नै भएको र मृतकहरु कुम्भ मेलामा गएर फर्किँदै गरेकाहरु भएको एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖