• Monday 5th of October 2026

यू–१९ महिला विश्वकप : भारत बन्यो च्याम्पियन


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी यू–१९ टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।

त्यसपछि जवाफी ब्याटिङ गरेको भारतीय टोलीले ८ दशमलव ४ ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको हो ।

नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । प्लेअफमा भने मलेसियालाई हराएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖