• Monday 5th of October 2026

सिटीको पोस्टमा आर्सनलको पाँच गोल


  • धनकुटा खबर
  • .

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ।

सिटीलाई‌ आर्सनलले ५-१ ले हराएको हो। यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाएको छ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे।

ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरेका थिए। ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए पनि त्यसको एक मिनेटमै पार्टेले गोल गर्दै आर्सनल २-१ को स्थितिमा पुर्‍याए। त्यसपछि सिटी सम्हालिएर खेलमा फर्किन सकेन।

स्केलीले ६२ औं मिनेटमा गोल गरे। ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो।

२४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ। एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ। सिटी ४१ अंकसहित चौथो स्थानमा छ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हार व्यहोरेको छ।

युनाइटेड आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो।

प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरेका थिए।

खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ। जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖