• Sunday 1st of November 2026

जसको सरकार ढाल्ने शक्ति छैन, उसले सरकार ढल्छ भन्दै हिँडेका छन : उपप्रधानमन्त्री पौडेल


  • धनकुटा खबर
  • .

रुपन्देही, माघ २१ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमानन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो ।’

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबी गरे ।

उनले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको समेत जिकिर गरे । सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको समेत उनको भनाइ थियो ।

‘सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोडनका निम्ति गरेको एउटा सशक्त पहल हो’, उनले भने, ‘यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।’ अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन, छलफल गरेर आम नागरिककाबीच वास्तविकता सूचना पु¥याउने हिसाबले लाग्न सञ्चारकर्मीलाई आग्रह गरे ।

पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएको स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖