• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रयागराज महाकुम्भमा गएका डडेल्धुराका भट्ट बेपत्ता


  • धनकुटा खबर
  • .

डडेल्धुरा । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भ मेला चलिरहेको छ ।

सोही मेलामा डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन् । यही माघ १५ गते दिउँसो करिब ४ बजेदेखि जिल्लाको अमरगढी नगरपालिका– १० राई बस्ने टिकाराम भट्ट मेलाबाट हराएका हुन् ।

उनी ८ नम्बर सेक्टरदेखि हालसम्म सम्पर्कविहिन भएको वडाअध्यक्ष खेमराज भट्टले बताए ।

साथै उनले टिकाराम भट्टलाई देख्ने वा फेला पार्नेले फोन नम्बर ९८४८४४६४५६, ९८४८४४६४५६, ९८१४६१७२३९ र ९८४८७२०५३७ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖