• Sunday 1st of November 2026

पोखरामा देउवाले दोहोर्याए बहुमत ल्याउने कुरा


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमार्फत पार्टीले बहुमत ल्याउनसक्ने विश्वास व्यक्त गरेका छन् । आज (सोमबार) पोखरामा आयोजित संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो भनाई राखेका हुन् ।

हिजो आयोजित पार्टीको तेस्रो महानगर सम्मेलनमा पनि देउवाले कांग्रेस एक ढिक्का भए बहुमत ल्याउनसक्ने दाबी गरेका हुन् । त्यसको भोलिपल्ट आजपनि देउवाले त्यही कुरा दोहोर्याए । काठमाडौंमा निर्वाचन प्रणाली बदल्नेबारे बहस भैरहेको बेलामा देउवाले अहिलेकै प्रणालीमार्फत पार्टीले बहुमत ल्याउनसक्ने भनेर अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्,‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । तै पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ, पार्टीका सबै नेताहरू लागेर पार्टीलाई त्यही दिशामा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।’ पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै त्यहीअनुसार नेता तथा कार्यकर्ताको पनि भूमिका हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖