• Sunday 1st of November 2026

माओवादीका नेताहरुको कार्यविभाजन तोकियो, कुन प्रदेशका को भए इन्चार्ज ? (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र प्रवासका इन्चार्ज तोकिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए।

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए।

यस्तो छ माओवादीले तोकेको कार्यविभाजन अनुसार प्रदेशका इन्चार्जहरु

कोशी- हरिबोल गजुरेल

मधेश- मातृका यादव

बागमती- हितमान शाक्य

गण्डकी- दिनानाथ शर्मा

लुम्बिनी- चक्रपाणि खनाल

कर्णाली- कालीबहादुर मल्ल

सुदूरपश्चिम- गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖