• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शिवपुरीमा विद्युत चुहावटका कारण आगलागी, लाखौंको क्षति


  • धनकुटा खबर
  • .

नुवाकोट, माघ २१ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ स्थित बखती टोलमा सोमबार बिहान विद्युत चुहावटका कारण आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी सीताराम बखतीको घरमा सुरु भएको थियो। विद्युत चुहावटका कारण सल्किएको आगो तीव्र रूपमा फैलिँदा घर पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचर, टेलिभिजन, कृषि औजारसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

स्थानीयवासी तथा सुरक्षाकर्मीको प्रयासमा करिब चार घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖