धनगढी,माघ २१। कैलालीको धनगढीमा दुई अटो आपसमा ठोक्किएर दुर्घटना भएको छ।
सोमबार धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा दुई अटो आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा दुई अटो आपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका-१३ राजपुरका ४१ वर्षीय धुर्ब कुवर घाइते भएका हुन्।
उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भएरहेको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।
