• Sunday 1st of November 2026

प्रधानमन्त्री ओली देशका लागि ठूलो दुर्भाग्य :प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

म्याग्दीको बेनीमा पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई फटाहाको संज्ञा दिँदै उनी प्रधानमन्त्री भइरहे देश सुख नपाउने दाबी गरे ।

“यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो,” प्रचण्डले भने, “तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।”

साथै, आफूले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएकोसमेत बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖