• Sunday 1st of November 2026

रविलाई थुनामै राख्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालयमा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसहितका व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटिपुर्ण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं उच्च सरकारी वकिल कार्यालय पाटन पुगेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा निवेदन दिने प्रक्रियाका लागि उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाइसकेको र उच्च अदालत पाटनमा निवेदन दर्ता गर्ने तयारी भएको हो ।

उक्त सहकारी ठगी प्रकरणमा मुछिएका र धरौटीमा रिहा भएका रवि लामिछाने, नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी, सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामाविरुद्ध फाइल अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖