• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अण्डा बोकेको दुर्घटनाग्रस्त ट्रकको भिडियोलाई सामाजिक सञ्जालमा उडाइयो मजाक


  • धनकुटा खबर
  • .

अमेरिका । अमेरिकाको क्यालिफोर्नियाको सडकमा अण्डाले भरिएको ट्रक पल्टिँदा मानिसहरूले भने सामाजिक सञ्जालमार्फत मजाक उडाएका छन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। किराना सामान बोकेको दुर्घटनाग्रस्त ट्रकभित्र सयौं अण्डा फुटेका छन् । तर, इन्टरनेटमा भने दुर्घटनाबारे धेरैले ठट्टा गरेका छन् ।

अमेरिकामा अण्डाको मूल्य निकै बढेकाका कारण दुर्घटना भएको ट्रकलाई मानिसहरूले यसको उच्च मूल्यप्रति मजाक गरेका हुन् । दुर्घटनापछि ट्राफिक नियन्त्रण गर्न अधिकारीहरू हम्मे हम्मे परेको थियो।

अण्डरपासका कारण ट्रकको माथिल्लो भाग फुटेको तस्वीरमा देखिएको छ । जसका कारण अण्डाले भरिएको बाकस सडकमा खसेको थियो ।

इन्टरनेट प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा कमेन्ट गर्दै ुमिलियन डलर दुर्घटनाु लेखेका छन् । धेरैजसोले त ‘नफुटेको भए उठाउँछु’ लेखेका छन् ।

अमेरिकामा बर्ड फ्लु प्रकोपका कारण हालै अण्डाको मूल्यमा भारी वृद्धि गरिएको छ । अण्डाको आपूर्ति पनि घटेको छ । जसलाई त्यहाँका नागरिकले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖