• Sunday 1st of November 2026

छानबिनमा तानिए रविलाई सङ्गठित अपराधमा उन्मुक्ति दिने सरकारी वकिल


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ।

चितवनको सहारा सहकारी ठगी प्रकरणमा मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालयले रविसहित १५ जनाविरुद्ध अभियोजन गरेको थियो। अन्यलाई सङ्गठित अपराधमा पनि अभियोजन गर्दा रविलाई भने सहकारी ठगी कसुरमा मात्रै अभियोजन गरिएको छ।

त्यसपछि मङ्गलवार साँझ नै लुइँटेल काठमाडौं तानिएका थिए। यस्तै महान्यायाधिवक्ता कार्यालयले साँझ नै छानबिन समिति पनि गठन गरेको जनाएको छ।

‘नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘समितिलाई यथासक्दो चाँडो छानबिन गरेर प्रारम्भिक प्रतिवेदन बुझाउने कार्यादेश छ।’ समितिले चितवन अदालतमा भएको अभियोजन अध्ययन गरेर छानबिन गर्ने कार्यादेश रहेको दाहालले बताए। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖