• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

टिपरको ठक्करबाट बनेपामा २५ वर्षका युवकको मृत्यु, सनाखत हुन बाँकी


  • धनकुटा खबर
  • .

काभ्रेको बनेपामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

अन्दाजी २५ वर्षीय ती युवकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा आज बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖