• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

साँखु प्रभागमा महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन्।

बुधबार बिहान ५ बजेदेखि ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उनी साढे ११ बजेसम्म ड्युटी गरेर ब्यारेकमा फर्किएकी थिइन्। तर कामबाट फर्किएकी उनलाई सहकर्मीले झुण्डिएको अवस्थामा मृत फेला पारेको एसपी बोहराले नेपालखबरलाई बताए।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖