• Sunday 1st of November 2026

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवा र ओलीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे निर्णय लिनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

अध्यादेशबारे निर्णय लिन आज बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दै छ । त्यसअघि यादवले ओली र देउवासँग भेट गरेका हुन् ।

उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशबारे तयार पारेको प्रतिवेदन आजको बैठकमा पेस गर्नेछ । सांसदहरूसँगको छलफलपछि पार्टीले अध्यादेशबारे आधिकारिक निर्णय सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖