• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुली दुर्घटना, ६ यात्रु घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । झापाबाट काठमाडौंका लागि हिँडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था र अन्यको अवस्था मध्यम रहेको उनले जानकारी दिए ।

काठमाडौंका लागि हिँडेको गाडी सिन्धुलीअन्तर्गत पर्ने वीपी राजमार्गमा बिहानी पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖