पाल्पा जिल्लामा डेरामा बस्ने रुद्रबहादुर बुढाथोकीको हत्या आरोपमा ३१ वर्षीय माधव विष्टलाई पक्राउ गरिएको छ।
बुढाथोकी विष्टको घरमा डेरा लिएर बस्दै थिए र मजदुरी गर्दै थिए। उनले १४ सय नदिँदा हत्या गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बुढाथोकी माघ २३ गते मृत भेटिएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
