• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ड्युटीमै रहेका असईको मृत्यु


  • धनकुटा खबर
  • .

महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ।

ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।

सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖