• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

कैलालीमा आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु भएको छ।

सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार जोशीपुर गाउँपालिका-५ मैनपोखरीकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो।

बिहीबार स्थानीय नहरमा ट्याक्टरबाट खस्दा उनलाई चक्काले ढाडमा कुल्चेको हो।

गम्भीर घाइते अवस्थामा उनलाई टीकापुर अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो। तर उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ट्याक्टर चालक जोशीपुर गाउँपालिका-५ सिरानाका ५० वर्षीय तेज बहादुर मौनीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖