काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राईलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ ।
बालयौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई शुक्रबार जिल्ला अदालत खोटाङले सजाय तोकेको हो ।
साथै, एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले यही माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको थियो ।
शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
