• Sunday 1st of November 2026

डकुमेण्ट कुनै जलेको छैन, घटनाको अनुसन्धान हुँदैछः खानेपानीमन्त्री यादव


  • धनकुटा खबर
  • .

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ। शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो। बिहान अकस्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ।

मन्त्रालयमा रहेका केही कागजातहरू जलेको प्रहरीले बताएको छ। आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। उनका अनुसार अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ।

शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको मन्त्री यादवले जानकारी दिए। पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए। प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने र दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको उनले बताए। अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको उनको दाबी छ।

खानेपानी मन्त्रालयमा पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए। उनका अनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए।

मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖