• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रधानाध्यापक र शिक्षकबिच पेस्की रकमको विवादमा कुटाकुट परेपछि…


  • धनकुटा खबर
  • .

कमला नगरपालिका – २ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबिच पेस्की रकमको विषयमा विवाद चर्किएको छ ।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबिच विवाद बढेपछि कुटाकुट भएको जानकारी प्राप्त भएको छ ।

राहत शिक्षकका रूपमा कार्यरत रोहितले विद्यालय प्रशासनसँग पेस्की रकमको बारेमा कुरा गर्दै थिए । रोहितले ५० हजार रुपैयाँ पेस्की मागेका थिए, तर प्रधानाध्यापक जगरनाथ यादवले भने २५ हजार मात्र दिन सक्ने प्रतिक्रिया दिएका थिए । यसपछि दुबैबिच शब्दकोशको विवाद चर्किँदै कुटाकुटको रूप लियो ।

विद्यालयका एक विद्यार्थीका अनुसार, विवादको कारण विद्यालयमा होहल्ला र अशान्ति फैलिएको थियो जसले पठनपाठनमा असर पुर्‍याएको थियो ।

घटना सम्बन्धी जानकारी प्राप्त गरेपछि नगर प्रमुख विश्वेश्वर यादवले वडाध्यक्षलाई घटनास्थलमा पठाएका थिए ।

वडाध्यक्ष ठक्कु यादवका अनुसार, शिक्षक रोहितको बुवाको निधन भएपछि उनले पेस्की रकमको माग गरेका थिए । विवाद समाधानका लागि वडाध्यक्षले दुवै पक्षलाई सम्झाउने प्रयास गरेका छन् ।

वडाध्यक्ष ठक्कु यादवले भने, “दुवै पक्षलाई सम्झाएर विद्यालयमा शान्ति कायम गर्न प्रयास गरिएको छ। अहिले स्थिति सामान्य बनिसकेको छ र विद्यालयका शैक्षिक कार्य पुनः जारी छन् ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖