• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ ।

अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।

सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖