• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खानीबाट ढुङ्गा निकाल्ने क्रममा अछाममा एक जनाको मृत्यु, एक जना घाइते


  • धनकुटा खबर
  • .

धनगढी । अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो मेल्लेख गाउँपालिका ५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् ।

उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖