• Sunday 1st of November 2026

प्रधानमन्त्री ओली किन गएनन् अख्तियारको कार्यक्रममा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सोमबार सहभागी भएनन् ।

पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ ।

‘त्यस्तो केही समस्या होइन । चार बजे बिहानसम्म प्रधानमन्त्री बस्नुभएकाले उठ्न ढिला भएपछि नजानुभएको हो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने, ‘स्वास्थ्यमा समस्याका कारण होइन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖