• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विवाहमा झगडा हुँदा किशोरको हत्या


  • धनकुटा खबर
  • .

बाँके । बाँकेमा विवाह समारोहमा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ बस्ने ३० वर्षीया मनिषा राना, सोही ठाउँ बस्ने ३४ वर्षीय राम बहादुर राना, सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका-७ बस्ने २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका-६ बस्ने २७ वर्षीया अमृता डाँगी र बाँके बैजनाथ गाउँपालिका-८ बस्ने १८ वर्षीय सुजन बुढा छन् ।

गत माघ २५ गते राति करिब साढे ९ बजेको समयमा बैजनाथ गाउँपालिका-८ बिच लाइन बस्ने सुवास बुढाको विवाहमा झगडा भएको थियो । झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा सोही ठाउँका १८ वर्षीय दिनेश रोकाया सख्त घाइते भएका थिए । घाइते रोकायालाई उपचारको लागि भारतको लखनउमा लगिएकोमा उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेका छ जनालाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको छ । यस घटनामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖