• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बाख्राको मासुमा खसीको “अण्डकोष” टाँसी बिक्री गर्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

पर्सा । पर्सा जिल्लामा कालो बजारी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

पर्सा प्रहरीले मङ्गलवार वीरगञ्ज महानगरपालिका – १३ स्थित आसमिन फ्रेस हाउसमा बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेका एक अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १३ निवासी ४१ वर्षीय हारून मियाँ अन्सारी रहेका छन् ।

स्थानीयहरूले गरेको गुनासोको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अन्सारीले सञ्चालन गरेको आसमिन फ्रेस हाउसमा पुगेर छानबिन गर्दा उनले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेको भेटिएको थियो ।

प्रहरीले अन्सारीसहित १५ किलोग्राम टाँसिएको मासु पनि नियन्त्रणमा लिएको जनाएको छ ।

मासुको कालो बजारी गरिरहेको आरोपमा अन्सारीविरुद्ध जिल्लाका प्रशासन कार्यालय पर्साबाट म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको प्रहरी प्रहरीले जनाएको छ ।

घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको र कालो बजारी विरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖