प्रतिनिधिसभा सदस्य नागिना यादवले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायीमाथि धरपकड जारी राखेको भन्दै आक्रोश पोखेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालेनले कवाड व्यवसायीलाई गरिखान समेत नदिएको बताएकी हुन् ।
‘यो कस्तो राज्य हो ? सर्वोच्चको आदेशको पालना नगर्ने ? हामी कानुनी राज्य र विधिको शासन भन्छौँ तर के बालेन शाह यो देशको सर्वोपरि हो ?’, उनले भनिन्, ‘तानाशाह प्रवृत्तिले उहाँ प्रस्तुत हुनु भएको छ । उहाँले बोल्न देऊ सरकार भन्नु हुन्छ तर गरिखान पनि दिनुहुन्न ।’
उनले विकास काठमाडौँमा भन्दा ललितपुर महानगरपालिकामा भएको उल्लेख गर्दै तर काठमाडौँमै किन धरपकड भन्दै आक्रोश पोखिन् । ‘बालेनको महानरमा भन्दा चार गुणा बढी विकास ललितपुरमा छ । खै त ललितपुरको मेयरले त्यस्तो स्टन्ट दिनु भएको छैन । न्युरोडको घरमा रंग लगाएर देशको अर्थतन्त्र चल्छ ?’, उनले भनिन् ।
उनले कवाड व्यवासयीको जनधनको सुरक्षाका लाग गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण समेत गराइन् । यसअघि माघ २५ को बैठकमा पनि उनले कवाड व्यवसायीको पक्षमा आफ्नो धारणा राखेकी थिइन् ।
