• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

होटलमा बसेका साउँदसँग भेटियो चितुवाको छाला


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीको धनगढीबाट चितुवाको छालासहित डोटीका एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका–३ बस्ने २६ वर्षीय नरेश साउँद सोमवार पक्राउ परेका हुन्।

साउँदलाई चितुवाको एक थान छालासहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖