• Sunday 1st of November 2026

मन्त्रिपरिषद्को निर्णयः २० लाख अमेरिकी डलर सहायता स्वीकार गर्नेदेखि कम्पनीलाई जग्गा दिनेसम्म


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० माघ । सरकारले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सो बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको थियो ।

जसअन्तर्गत बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थापसम्बन्धी पूर्व तयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद्ले सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ खारेज गरेको छ । नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल र सर्भिस राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, सरकारले मन्त्रिपरिषद्को निर्णयबाट मैनतडा शवस्टेसन निर्माणका लागि राष्ट्रिय प्रशारण ग्रिड कम्पनीलाई ५३ रोपनी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖